Headlines News :
fb
Home » » होशियार फेसबुकमा साथीले मेसेज पठायो ? जवाफ दिन हतार नगर्नुस् ... किन ..? जानी राखौ ...

होशियार फेसबुकमा साथीले मेसेज पठायो ? जवाफ दिन हतार नगर्नुस् ... किन ..? जानी राखौ ...

एजेन्सी । ह्याकरको नजर तपाईंको सोसल मिडियामा,त्यसैले सावधान रहनु होला । नभए तपाईको गोपनियता भंग हुनेछ ।
एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार कोही ह्याकरहरुले प्रयोगकर्ताहरुलाई मूर्ख बनाएर उनीहरुको पासवर्ड पत्ता लगाइरहेका छन् र उनीहरुको जानकारी कैद गरिरहेका छन् ।


पत्रिकाको अनुसार फेसबुक प्रयोग गर्ने ह्याकरहरुले केहि मानिसहरुलाई आफ्ना साथी र नजिकका मानिसहरुको पासवर्ड पत्ता लगाउन उक्साइरहेका छन् । उनीहरुलाई अरुको फेसबुक अकाउन्टको पासवर्ड सजिलैसँग ह्याक गर्न सकिने जानकारी दिइन्छ । यस्तो मेसेज उनीहरुको टाइमलाइनमा आउने गर्दछ ।

अकाउन्ट ह्याक गर्नका लागि उनीहरुलाई तीनवटा सजिलो उपाय बताइन्छ । उनीहरुलाई एउटा वेभ ब्राउजर जस्तै गुगल क्रोम र मोजिला फायरफक्समा फेसबुक खोलेर जसको अकाउन्ट ह्याक गर्नु छ उसको प्रोफाइल खोल्न आदेश दिइन्छ । त्यसपछि माउसलाई राइट क्लिक गर्न निर्देशन दिइन्छ जसमा उनीहरुलाई इन्सपेक्स एलिमेन्ट सेलेक्ट गर्न आदेश दिइन्छ जसले वेभ पेजको एचटीएमल एडिटर खोल्ने गर्दछ ।

त्यसपछि प्रयोगकर्तालाई एचटिएमएल एडिटरमा एउटा विशेष प्रकारको कोड टाइप गर्न भनिन्छ जसका कारण अर्को प्रोफाइल ह्याक गर्न सकियोस् । जब प्रयोगकर्ताले कुनै कोड टाइप गर्दछन् तब उनको आफ्नै फेसबुक अकाउन्ट ह्याक भइसक्छ किनभने ह्याकरहरुसम्म उनीहरुको पासवर्ड पुगिसकेको हुन्छ ।


त्यसपछि ह्याकरहरुले उनीहरुको पूरै डाटा चोरेर उनीहरुमार्फत नै नयाँ मानिसहरुलाई यसरी नै शिकार बनाउने गर्दछन् । ह्याकरहरुले यो खेलका लागि सेल्फ–XSS को प्रयोग गर्ने गर्दछन् जसले ब्राउजरको प्रयोग गर्ने व्यक्तिलाई नै फसाउने गर्दछ । यसलाई पहिलेदेखि नै सेक्युरिटि रिस्क मानिएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar