Headlines News :
fb
Home » » भ्रस्टाचारको बिरुद्दको तीजको गीतमा दीपक खाँड

भ्रस्टाचारको बिरुद्दको तीजको गीतमा दीपक खाँड

निर्देशक दीपक खाँडले तीजको अबसरमा पारेर बजारमा निकालिएको भ्रस्टाचारको बिरुद्दको देश भक्ति गीतको निर्देशन तथा अभिनय गरेका छन् ।अहिले बजारमा बिकृति र विसंगति हुने खालको तीजको गीत धमाधम निस्केको बेलामा निर्मला गिरीको शब्द तथा संगीत अनि रामहरी न्यौपाने र स्मृति शाहीको स्वर रहेको देश भक्ति अनि सन्देश मुलक गीत बजारमा  निकालिएको हो ।
 म्युजिक भिडियो निर्देशक तथा कलाकार दीपक खाँडले यहाँ सबैले माया पिरतीका अनि अस्लिल गीत निकालेर तीजको महत्तो नै हराउनुको साथै विसंगति भित्रिएको बेलामा हामीले देश भक्ति गीत निकालेर देश र जनता प्रति गद्दार गर्नेहरुलाई झक्झकौन खोजेको भन्दै यस्ता गीत मार्फत सन्देश दिन खोजिएको बताउनु भयो ।सार्वजनिक सो म्युजिक भिडियो दीपक खाँडको अलाबा उर्मिला,भावना, आकाश, सलोनी लगायतको अभिनय रहेको छ ।डी.के फिल्म्सको प्रस्तुतिमा मुजिक नेपालले सो म्युजिक भिडियो बजारमा निकालेको हो ।
गीत हेर्नुहोश :



Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar