Headlines News :
fb
Home » , , » ४ जना केटीसँग नग्न अवस्थामा अर्पण कोइराला फेला परेपछि छोडें : खुश्बु ओली (भिडियो अन्तर्वार्ता)

४ जना केटीसँग नग्न अवस्थामा अर्पण कोइराला फेला परेपछि छोडें : खुश्बु ओली (भिडियो अन्तर्वार्ता)

काठमाडौं, भाद्र ५ । प्रहरी कारबाहीमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले आफ्नो ‘पुरानो साथी’ अर्पण कोइरालासँग विगतमा निकटको सम्बन्ध रहेको बताएकी छन् । खुश्बुले तत्कालीन समयमा आफूहरुबीच घनिष्ठ सम्बन्ध भए पनि त्यो सम्बन्धलाई ‘प्रेम’को संज्ञा भने दिन नचाहेको बताइएन् ।

तर, आफूहरुबीच माया, स्नेह, सहयोग र सद्भाव भने भएको उनले स्वीकारेकी छन् । यद्यपि, त्यो सम्बन्ध केटाकेटी शैलीको ‘अफयेर’ भने नभएको उनको भनाइ छ ।

इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा हालै कुराकानीका क्रममा खुश्बुले अर्पणसँगको सम्बन्ध त्यतिबेला सकारात्मक नै रहेको बताएकी हुन् । उनले अर्पणसँग विवाह हुने सम्भावना पनि त्यतिबेला भएको बताइन् । तर, आफूले विवाहलाई कहिल्यै प्राथमिकतामा नराखेको उनले उल्लेख गरिन् ।

आफूले सक्दो प्रयास गर्दा पनि अर्पण कोइराला कुलतमा फसेको र उ नसुध्रिएको दाबी खुश्बुको छ । ‘सुधार्ने प्रयत्न गर्दा पनि अर्पण नसुध्रिएको, झन् कुलतमा फसेको र अह्यासी भएको’ खुश्बुको दाबी हो ।

खुश्बुले आफूले ‘अर्पणलाई उसकै घरमा अरु ४ जना केटीसँग नग्न अवस्थामा फेला पारेपछि छाडेको’ दाबी गरेकी छन् । खुश्बुले त्यो घटनापछि अर्पण र आफूबीचको सुमधुर सम्बन्ध टुटेको बताइएन् । ‘केटीसँग नग्न अवस्थामा अर्पणलाई फेला पारेपछि आफूहरुको स्नेह, माया, आत्मियता टुटेको’ खुश्बुको दाबी छ ।

खुश्बुले गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’सँग अर्पणमार्फत् नै चिनजान भएको पनि स्वीकारेकी छन् । त्यसपछि ‘चरी’सँग राम्रो ‘फ्रेन्डसिप’ भएको उनले बताइन् ।

खुश्बुले अर्पणसँग सम्बन्ध टुटेपछि मात्रै ‘चरी’सँगको सम्बन्धमा परेको दाबी गरेकी छन् । ‘चरी’को बोलिचाली, शिष्टाचारले आफूलाई आकर्षित गरेको खुश्बुले बताइन् । ‘चरी’लाई सकारात्मक रुपमा पाएको उनको भनाइ हो ।

‘चरी’सँग आफ्नो प्रेम सम्बन्ध भएको स्वीकार्दै खुश्बुले ‘चरी’ र आफ्नो परिवार बसेर ‘इन्गेजमेन्ट’ समेत भएको स्वीकारिन् । (कुराकानीको थप अंश भिडियोमा हेर्नुहोस्)

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar