Headlines News :
fb
Home » , » एमाले महाधिवेशन सुरुः भित्र रोबोट नाच्यो बाहिर कार्यकर्ताको आक्रोश

एमाले महाधिवेशन सुरुः भित्र रोबोट नाच्यो बाहिर कार्यकर्ताको आक्रोश

काठमाडौं, असार १९ – नेकपा एमालेको नवौं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनको औपचारिक रुपमा उदघाटन गर्नुभयो ।
एमालेको महाधिवेशन उदघाटन भइरहँदा उदघाटन स्थलमा प्रवेश गर्न नपाएका आक्रोसित कार्यकर्ताले महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्काइदिएका छन् । भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन उदघाटन स्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ताको भीड रत्नपार्कसम्म रहेको सहकर्मी बोमलाल गिरीले जनाएका छन् ।
कार्यकर्ताले स्वागतद्वार भाँचेर त्यसको फलाम हातमा लिएर हिँडेका छन् भने त्यहाँको स्थिती तनावग्रस्त बनेको छ । संभावित झडपलाई मध्यनजर गर्दै भृकुटीमण्डमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रोशित कार्यकर्ताले पार्टी नेतृत्व विरुद्ध कडा नाराबाजी गरेका छन् ।
एमाले महाधिवेशनको उदघाटन सुरुमा अध्यक्ष खनालले पानसमा बत्ती बालेर र त्यसपछि रोबोटले उपस्थित अतिथि, प्रतिनिधि तथा पर्यबक्षकको स्वागत गरेर गरिएको थियो ।
एमालेको महाधिवेशन (लाईभ भिडियो )


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar