काठमाडौँ: कुखुराको छिटो वृद्धिका लागि दानामा एमोक्सीलिएन, जेन्टामिसिन, सल्फोनोमिड, पेनिसिलिनजस्ता एन्टिवायोटिकको प्रयोग गर्ने गरिएको छ । यी एन्टिवायोटिक मानिसले समेत प्रयोग गर्ने गरेका छन् । एन्टिवायोटिक प्रयोग भएका यस्ता कुखुराको मासु मानिसले खाँदा अन्य बेला एन्टिवायोटिकको असर नहुने र प्रयोग गर्न नचाहने मानिसले मासुको माध्यमबाट प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ ।
प्राथमिक स्वास्थ्य सेवा केन्द्रले सोमबार आयोजना गरेको ‘पोल्ट्रीफार्ममा एन्टिवायोटिकको प्रयोग’सम्बन्धी कार्यक्रममा स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले पशुजन्य खाद्य सामग्रीका कारण मानव जीवनमा पर्ने नकारात्मक असरबारे कुनै कार्ययोजना नभएकाले अब त्यससम्बन्धी रणनीति बनाइने स्पष्ट पारे ।
राष्ट्रिय उपभोक्ता मञ्चका तर्फबाट डा ऋषि रौनियारले कुखुरालाई एन्टिवायोटिक प्रयोग गरेको कति समयपछि त्यसलाई बजारमा ल्याउने भन्ने मापदण्ड हुनुपर्नेमा जोड दिए ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण विभागका प्रमुख डा बाबुराम मरासिनीले कुखुरामा प्रयोग हुने एन्टिवायोटिकको विकल्प खोजी यसले मानव शरीरमा पार्न सक्ने असरलाई न्यून गर्नुपर्नेमा जोड दिए । नेपालमा हाल वार्षिकरुपमा प्रतिव्यक्ति ६५ वटा अण्डा र ४.५ केजी मासुको प्रयोग हुने गरेको छ । -रासस