Headlines News :
fb
Home » » विश्वकपमा केरा, खाटदेखि कुरानसम्मको माग

विश्वकपमा केरा, खाटदेखि कुरानसम्मको माग

तीन दिनपछि शुरु हुने विश्वकप फुटवलका लागि ब्रजिल पुगेका टीमले विभिन्न माग राखेका छन् । उनीको माग सुन्दा अनौठा लाग्नेछन् भने कारण बुझ्न पनि कठिन छ । ती टीमले मागेका कुरा के होलान् ? तल हेर्नुस्:
पोर्चुगललाई खेलाडीको सुरक्षामा ६ जना गार्ड, क्रिस्टियानो रोनाल्डोका लागि मात्रै दुई जना गार्ड चाहियो

उरुग्वेलाई खेलाडी बस्ने कोठामा आवाज नआउने एसी

अल्जेरियालाई प्रत्येक कोठामा धर्मग्रन्थ कुरान

कोलम्बियाले प्रशिक्षण गर्दा मैदानमा ब्रजिलका १५ युवा खेलाडी मागेछ

जापानलाई चाहियो जाकुजी ।

फ्रान्स भन्छ—हरेक खेलाडीका एउटै डिजाइन र रंगका कोठा । खेलाडीका कोठामा नुहाउन फरक तरल साबुन ।

होन्डुरसले मागेछ कोठाका टीभीमा कम्तीमा ६ स्पेनिस भाषाका च्यानल, तीमध्ये दुईवटा होन्डुरसकै हुनुपर्ने रे ।

चिलीको माग चांहि यस्तो— प्रत्येक कोठामा नयाँ खाट र फ्ल्याट टीभी ।

इक्वेडरलाई चाहिएको चांहि प्रत्येक दिन इक्वेडरमै फलेका केराले भरिएको भाँडो ।

स्वीट्जरल्यान्डको रोजाई स्वीस टेलिभिजन च्यानल र तीव्र इन्टरनेट सेवा

जर्मनी त कुरै छाडौं, उसलाई त आयोजकले दिएको होटल र सुविधा ठिक लागेन । उसले विश्वकपका लागि ब्रजिलको बाहियामा छुट्टै होटल र ट्रेनिङ क्याम्प बनाएको छ । यो क्याम्पमा १३ वटा घर र ६५ कोठा छन् ।

इंग्ल्यान्डको माग— प्रत्येक कोठामा नयाँ फर्निचर, काठको भुइँ, एसी, तीनवटा टीभी, भिडियो गेम र खिया नलागेको बाल्कोनी । स्वीमिङ पुल र जिमखाना । आफ्ना खेलाडीका लागि बेग्लै रेस्टुराँ

अस्ट्रेलियालाई चाहिएको कुरा— कोठानजिक दुई ठूला कफी मेसिन र विश्वभरिका नाम चलेका पत्रपत्रिका । रातो मासु, माछा र चिकेनका परिकार ।

पहिलो पटक विश्वकप खेल्न लागेको बोस्निया एन्ड हर्जगोभिनालाई खेलाडीको कुरा प्रशिक्षकले र प्रशिक्षकका कुरा खेलाडीले सुन्न नमिल्ने गरी साउन्ड प्रुफ स्क्रिन ।


माथिको फोटो इंग्ल्याण्ड टीमका लागि ब्रजिलमा दिइएको होटलको हो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar