Headlines News :
fb
Home » » बलात्कार गर्नेलाई १५ वर्ष जेल

बलात्कार गर्नेलाई १५ वर्ष जेल

 दोलखा, असार १५ - छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गर्ने एक युवकलाई अदालतले १५ वर्ष जेल सजाय सुनाएको छ । हाडनाता र जबर्जस्ती करणीको सिकार किशोरीलाई दोलखा जिल्ला अदालतले संरक्षणात्मक आदेश जारी गर्दै पीडकका तर्फबाट १ लाख २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

किशोरीले आफू बाबुद्वारा यौन सिकार हुँदै आएको भन्दै दिएको उजुरीमा ३७ वषर्ीय युवकलाई सजाय तोकेको हो । एसएलसी परीक्षामा बाधा पर्छ भनेर पीडा खेप्दै आएकी उनले आमालाई पटकपटक बताएपछि मात्र घटना कानुनी दायरामा आएको हो ।

युवकले परिवार नियोजन गरेको फाइदा उठाउँदै छोरीलाई ८ कक्षा पढ्न थालेदेखि नै बलात्कार गर्ने गरेको दाबीसहित प्रहरीले मुद्दा दायर गरेको थियो । लुगा खोलेको देखेपछि अपराधको मनसाय आएको र प्रतिवाद नभएपछि थप कुकृत्य गर्न उक्सँदै गएको युवकले प्रहरीमा बयान दिएका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar