Headlines News :
fb
Home » , » एउटै माछाबाट १२ हजार !

एउटै माछाबाट १२ हजार !

मन्थली , असार ७ - एउटा माछाबाट कति आम्दानी होला दुई सय या पाँच सय ? तर रामेछापको भलुवाजोर ८ का धनवहादुर माझीले एउटै माछाको मूल्य पुरै १२ हजार लिए ।

धनवहादुर माझीले शनिबार विहान सुनकोशीबाट झिकेको माछा पुरै ४० केजीको थियो । दुई जना लगाएर कोशीबाट निकालेको माछा गाडीबाट मन्थली लगेर उनले काटेका थिए । माछा हेर्नको भीडमा असिन पसिन गर्दै माझीले ३० केजी विक्री गरे । गुज जातको उक्त माछा मिठो हुने भन्दै स्थानीय झुम्मिएपछि झण्डै १० केजी तौलको टाउको उनले काटेर मिसाउनै पाएनन । प्रति केजी ४ सयका दरले हुने १२ हजार गोजीमा हालेपछि माझी माछाको टाउको बोकेर घरतिर लागे । केहि मद्दत मागेर टाउको मिसाउन पाएको भए उक्त माछाबाट उनले थप ४ हजार पाउथेँ ।

तामाकोशी र सुनकोशीमा शनिबार विहान धमिलो बाढी आएको थियो । कोशीमा धमिलो बाढी आउँदा बढी तौल भएका माछा मार्न सकिन्छ । धमिलो पानीमा माछाले आँखा हेर्न नसक्ने र त्यहि बेला त्यस्ता माछा जालमा पर्ने माझीहरुको अनुमान छ । यस अघि पनि सेलेघाट क्षेत्रमा यसकै हाराहारीका माछा पाइएका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar