Headlines News :
fb
Home » » कमाई ६ लाख, सम्पत्ति २ करोड

कमाई ६ लाख, सम्पत्ति २ करोड

जेठ, काठमाडौं । २२ वर्षसम्मको जागिरबाट ९ लाख ४८ हजार आर्जन गरेका कर्मचारीको सम्पत्ति कति होला ? आधा बचत मान्ने हो भने पनि करिब ४ लाख । तर जिल्ला विकास समिति बाराका इन्जिनियर मेघु जसवालको सम्पत्ति त्यसको ५५ गुणा बढी अर्थात् दुई करोड २६ लाख रुपैयाँ भेटिएको छ ।

विकास बजेट भ्रष्ट्रचार गरेको आरोपमा १० महिनाअघि विशेष अदालतबाट दुई वर्ष कैद र २४ लाख ३५ हजार रुपैयाँ पाएका जसवालले गत सातादेखि एक रोड ३० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग सामना गरिरेहका छन् ।

उनको सम्पत्ति २ करोड २६ लाख मूल्यांकन गरेको अख्तियारले ८६ लाख ३१ हजार रुपैयाँ लार्य बैध मानी अरु रकमलाई अकुत ठहर गरेको हो ।

जागिर थालेको १३ वर्षपछि २०५९ असारसम्म एक लाख ४२ हजार रुपैयाँमात्र आर्जन गरेका उनले त्यस अवधिमा ६३ लाख ३९ हजार रुपैयाँ खर्च गरिसकेको भेटिएको हो ।

घर खरिद लगायतमा उनले गरेको खर्चको स्रोत जुट्न नसकेको अख्तियार स्रोतले बताएको छ । छानबिन प्रतिवेदन अनुसार ६१ लाख ९७ हजार रुपैयाँको स्रोत खुल्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar