Headlines News :
fb
Home » » भुसतिघ्रे पुलिसलाई सडकमै भकुरेपछि महिलाको यस्तो नाटक !

भुसतिघ्रे पुलिसलाई सडकमै भकुरेपछि महिलाको यस्तो नाटक !

 चीनमा एक महिलाले ट्राफिक नियम लागू गराउन सडकमा तैनाथ एक प्रहरी अधिकारीलाई सडकमै भकुरेकी छिन् ।
 गलत ठाउँमा पार्क गरेपछि पूर्जी काट्न खोज्ने प्रहरीलाई ती महिलाले अस्पताल नै भर्ना हुने गरी भकुरेपछि उनले गरेको नौटंकी झनै अचम्मलाग्दो छ ।

दक्षिणी चीनको हेइकु शहरमा गलत ठाउँमा कार पार्क गरेको भेटिएपछि प्रहरीले चिट काटेको थियो । कारको चालक सिटमा बसिरहेकी ती महिलाले ओर्लिएर ट्राफिक प्रहरीलाई थप्पड बर्षाइन् । उनको कुटपिटका कारण घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ ।

तर, कुटपिटपछि आएका सहायताकर्मीहरुलाई निउ टुआन नाम गरेकी ती ३५ बषिर्य महिलाले दुई जना पुलिसले आफूमाथि आक्रमण गरेको आरोप लगाइन् । उनलाई तत्काल प्रहरी स्टेशन लगियो । निकै भावुक उनले आफू पीडित भएको भन्दै प्रहरी अधिकारीहरुलाई भ्रममा पार्ने प्रयास गरिन् ।

तर, घटनाका एक प्रत्यक्षदर्शीले खिचेका तस्वीरहरु प्रहरीलाई उपलब्ध गराउनुका साथै इन्टरनेटमा सार्वजनिक गरिदिए । जसमा पीडित भनिएकी महिलाले प्रहरीको अनुहारमा लगातार मुक्का र थप्पड हानेको देखिन्छ ।

प्रहरीले जब ती तस्वीरहरु देखायो, निउ टुआनले आसु झार्दै गल्ती स्वीकार गरिन् । उनले चिट काटेपछि दबावमा आएको बताएकी छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar