Headlines News :
fb
Home » , » अर्घाखाँचीमा वस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या १३ पुग्यो

अर्घाखाँचीमा वस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या १३ पुग्यो

१७ बैशाख, काठमाडौं । अर्घाखाँचीको नरपानी गाविस-५ जगतमा मा वस र ट्रक एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकहरुमा तीन जना महिला र आठ जना पुरुष रहेका छन् । सन्धीखर्कबाट बुटवल जाँदै गरेको वस र विपरित दिशाबाट आइरहेको मिनीट्रक बुधबार दिउँसो साढे १ बजे एक आपसमा ठोक्किँदा वसमा सवार ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीले अनलाइनखबरलाई बताए ।


बुटवलबाट सन्धीखर्क आइरहेको लु १ ख ७८२५ नम्बरको मिनीट्रक र सन्धिखर्कबाट बुटवल जाँदै गरेको बस सन्धीखर्क-गोरुसिङ्गगे राजमार्गको नपरपानी-५ जगतमा ठोक्किएर पल्टँदा बसमा सवार यात्रुको मृत्यु भएको हो । घटनामा ४० जना घाइते भएका छन् ।साँघुरो सडकमा तीव्र गतिमा गुडेका दुबै सवारी साधन ठोक्किएर दुर्घटना भएको हो ।

घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट १० किलोमिटर पश्चिममा पर्दछ । मृतकहरु आठैजना बसमा सवार यात्रु भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरी निरीक्षक पन्थीले बताए । ‘मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धीखर्कमा पठाइएको छ’, प्रनि पन्थीले भने, ‘अहिलेसम्म कसैको सनाखत भएको छैन, घाइतेहरुको पनि उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धीखर्क पठाइएको छ ।’ घटनास्थलमा मृतक तथा घाइतेहरुको उद्दारका लागि नेपाली सेना, प्रहरी र स्थानीयबासीको खटिएका छन् ।
<
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar