Headlines News :
fb
Home » » स्काईपमा ग्रुप कलिङ अब निःशुल्क

स्काईपमा ग्रुप कलिङ अब निःशुल्क

स्काईपले ग्रुप भिडियो कन्फ्रेन्सलाई निःशुल्क बनाएको छ । सन् २०१०मा यो फिचर सार्वजनिक भएयता स्काईपले ग्रुप कलिङलाई प्रिमियम सेवाका रुपमा पैसा तिर्ने ग्राहकलाई मात्र उपलब्ध गराउँदै आएको थियो । तर, गुगल ह्याङआउट्स लगायतले निःशुल्क ग्रुप कलिङ सुबिधा दिएपछि स्काइपमाथि उपभोक्ता दबाब पर्दै आएको थियो ।

फलस्वरुप स्काईपले तत्कालका लागि म्याक, विन्डोज र एक्सबक्स सेवा प्रयोगकर्ताका लागि यो सेवा निशुल्क बनाउनु परेको प्रबिधि पोर्टल टेक क्रन्चले जनाएको छ । स्काइपले छिटै सवै खाले प्रयोगकर्तालाई यो सेवा निशुल्क उपलब्ध गराउने बताएको छ । गुगलले ह्याङआउट सेवामार्फत् निःशुल्क ग्रुप कलिङ सुबिधा दिएपछि ह्याङआउट लोकप्रिय हुँदै गएको छ ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar